२४ घण्टामा थपिए ९ जना कोरोना संक्रमित

कर्णाली अनलाइन २९ पुष २०७९, शुक्रबार २०:४४

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ।

शुक्रबार चार जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ६४३ पीसीआर तथा ७३४ एन्टिजेन परीक्षण भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोरपाटी गाउँपालिकाको सिधुवा बजारमा आगलागी‚ नियन्त्रणको प्रयास जारी

२९ पुष २०७९, शुक्रबार २०:४४
धनकुटा।धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा आगलागी भइरहेको छ।आगलागी शुक्रबार बेलुका शुरु भएको थियो। आगो निभाउन स्थानीय लागिपरेका छन्। आगलागी नियन्त्रण बाहिर रहेको र धनकुटा नगरपालिकाका साथै लालीगुराँश नगरपालिकाका दमकल मगाइएको छथर जोरपाटी वडा नं ६ का अध्यक्ष दिपक गुरुङले बताए। उनले दमकल आउँदै गरेको जानकारी पाएको बताए। आगलागीबाट ३ घर जलेर पूरै क्षति […]