नेपालले एक खेलअगावै जित्यो क्यानडाविरुद्धको सिरिज

कर्णाली अनलाइन २८ माघ २०८०, आईतवार ०७:३९

काठमाडौँ – क्यानडाविरुद्ध नेपालले लगातार दोस्रो जित निकाल्दै सिरिज अन्तिम खेलअगावै २–० ले कब्जा गरेको छ। दोस्रो एकदिवसीय खेलमा टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गरेको थियो।

नेपालको जितमा कप्तान रोहित पौडेलसहित ३ खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए। अनिल साहले नेपालका लागि सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाए। उनले १९ बलमै अर्धशतक प्रहार गरे।

त्यस्तै, रोहित पौडेलले ८७ रन बनाउँदा देव खनालले ७६ रन बनाए। यी दुईबीच तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी भएको थियो। त्यस्तै, भिम सार्कीले २३ रन बनाउँदा पवन सराफले १४ रन जोडेका थिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको थियो। क्यानडाका लागि आरोन जोनसज र नवनित धालिवालले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे। जोनसजले सर्वाधिक ६५ रन बनाए। ६२ बलको सामना गरेका उनले २ छक्का र १० चौका हाने।

यस्तै, नवनीत धालिवालले ४६ रन बनाए। श्रेयस मोभ्भाले ४० रन बनाएका थिए। क्यानडाविरुद्ध कुशल मल्ल र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिए। यस्तै, सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १–१ विकेट लिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरका दुई पत्रकार पक्राउ

२८ माघ २०८०, आईतवार ०७:३९
कञ्चनपुर।कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिए। विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमति लिएर प्रहरीले पत्रकारलाई पक्राउ गरेको उनले बताए। धामीका अनुसार भट्टलाई यसअघि नै नियन्त्रणमा लिएको प्रहरीले पत्रकार कुँवरलाई […]

सम्बन्धित शीर्षक