काठमाडौँ अपडेटः बालेन ४३ हजार मतले अगाडि, सिंह र स्थापित धेरै पछाडि

कर्णाली अनलाइन ९ जेष्ठ २०७९, सोमबार ०६:१०

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले अहिलेसम्मको मतगणना गर्दा ४३ हजार ८१ मत प्राप्त गरेका छन्।यता दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ४ सय ३४ मत प्राप्त गरेकी छन्।

यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म २४ हजार ८ सय ३५ मत ल्याएका छन्।बालेन शाहले नेपाली कांग्रेसभन्दा १७ हजार ६ सय ४७ मतको अग्रता लिएका छन्।

यस्तै, शाह र स्थापितबीच १८ हजार २ सय ४६ मतको अन्तर रहेको छ।महानगरपालिकामा हालसम्म १ लाख २४ हजार ४ सय ५६ मत गणना भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गृह मन्त्रालयद्वारा ५ जनालाई डिआइजीबाट एआइजीमा बढुवा सिफारिस

९ जेष्ठ २०७९, सोमबार ०६:१०
काठमाडौँ – नेपाल सरकार गृह मन्त्रालयले ५ जना डिआइजिलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। गृह मन्त्रालयको बढुवा समितिले ५ जनालाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। सिफारिस हुनेमा उत्तम सुवेदी, अरुण कुमार विसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम रहको छ।