सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान हतियार दिने, पहिलो चरणमा ६ सय थान हस्तान्तरण

कर्णाली अनलाइन २७ चैत्र २०७८, आईतवार ०८:४९

काठमाडौँ।नेपाली सेनाले सशस्त्र प्रहरीलाई झन्डै ६ सय थान हतियार उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल पाँच सय वटा र अन्य राइफल ९० थान गरी पाँच सय ९० थान हतियार प्रदान गर्नुभयो । सेनाले हतियारको साथमा हतियारमा लाग्ने विभिन्न सामग्री पनि प्रदान गरेको छ ।

गएको चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा र ठूला कार्यक्रम सञ्चालन गर्नका लागि सेनाले १० हजार ६ सय थान हतियार उपलब्ध गराउने निर्णय गरेको थियो ।

पहिलो चरणमा सेनाले आज हतियार सशस्त्रलाई प्रदान गरेको हो । सेनाले नौ हजार थान इन्साफ राइफल र एक हजार ६ सय थान हल्का हतियार प्रदान गर्नेछ । बाँकी हतियार र सामग्री क्रमशः हस्तान्तरण गर्दै जाने र यसले सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि हुनुका साथै सुरक्षा निकायबीचको सम्बन्ध थप बलियो हुने सेनाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२७ चैत्र २०७८, आईतवार ०८:४९
हेटौंडा।हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको बिहान ९ः५५ बजे करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको […]