वर्तमान सरकारले देश हितविपरीत काम गर्‍योः पूर्वप्रधानमन्त्री खनाल

कर्णाली अनलाइन २१ पुष २०८०, शनिबार १८:४५

काठमाडाैँ।नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफै योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालजस्तो स्वतन्त्र मुलुकले अरु कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरीकन कुनै पनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हितविपरीत भएको दाबी गरे।

उनले छिमेकी देशले दिने अनुदान आफूहरु सहस्र स्वीकार्न तयार रहेको तर कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशको लागि नराम्रो भएको उल्लेख गरे।

नेता खनालले राष्ट्रिय हितलाई सर्वोपरी राखेर कुनै पनि सरकारले अघि बढ्न जरुरी रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एसले माग्यो राष्ट्रियसभा अध्यक्षसहित ५ सीट

२१ पुष २०८०, शनिबार १८:४५
  काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका ५ सीट र अध्यक्ष मागेको छ । गठबन्धनको शनिवारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित ५ सीट माग गरेको हो । नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ । गठबन्धनभित्र राष्ट्रिय सभाका २० सीटमध्ये कांग्रेस १३ र माओवादी […]