अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गयाे

कर्णाली अनलाइन ९ माघ २०७८, आईतवार ०७:२२

अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।

एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन ।

अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ ।

घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्दै

९ माघ २०७८, आईतवार ०७:२२
भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ । गएको २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनालाई कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । यो हिजोको तुलनामा चार हजार एक सय ७१ ले कम हो । हिजो तीन लाख ३७ हजार सात सय ४ जनालाई […]

सम्बन्धित शीर्षक