सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीको नेतृत्वमा बजार क्षेत्र सरसफाई

हुम्ला संवाददाता ६ श्रावण २०७९, शुक्रबार १३:२९

हुम्ला।जिल्लाको सदरमुकाम सिमकोट बजार क्षेत्र शुक्रबार बिहान सरसफाई गरिएको छ । उक्त सरसफाई सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारी (प्रतिरोध) को नेतृत्वमा गरिएको थियो । सिमकोट क्षेत्रको सडक तथा ढलको सरसफाई गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले जानकारी दिएका छन् ।उक्त सरसफाई कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुसिला रोकाया (भाम) लगाएत सिमकोट गाउँपालिका कार्यकारी प्रमुखले जानकारी दिए ।

यसै गरि सिमकोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चिन रावत वडा नम्बर ५ का अध्यक्ष नन्द रावतको पनि सहभागिता रहेको थियो । यसैगरि सिमकोट बजारको फोहोर हप्ताको दुई दिन मंगलबार र शुक्रबार उठाउने सिमकोट गाउँपालिकाले निर्णय गरेको छ । बजार क्षेत्रमा फोहोर र ढल दुर्गन्धित गरेको भेटिएमा गाउँपालिकाले कारबाही गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए ।

सिमकोट बजार जति नै सरसफाई गरेपनि यहाँका बजारवासिले मनपरी फोहोर फाल्ने कार्य गर्नाले ढलहरु दुर्गन्धित हुने गरेको भण्डारीको भनाई थियो । उहाँका अनुसार जताततै फोहोर बढेर दुर्गन्धित हुन थालेपछि सरसफाइ गर्ने कार्य भएको हो । बजारलाई स्वच्छ र सफा राख्न नियमित रुपमा सरसफाई अभियानमा आफुहरु जुट्ने गरेको बताए।

बजारको कालिन्चोक, एकताचोक, लोकतान्त्रिक चोक र एर्पोट चोकमा बढी फोहोर हुनुका साथै यहाँका ढलहरु दुर्गन्धित हुने गरेको पाइन्छ । गाउँबाट सिमकोट पुन्गे र अन्य स्वदेशी तथा विदेशी पर्यटकले नाक थुनेर आवतजावत गर्न बाध्य भएका छन् । केही समय अगाडी हुम्ला घुम्न आएका एक जना विदेशी नागरीकले सदरमुकाम सिमकोट बजार क्षेत्रको मुख्य बजारको ढलमा फोहोर जम्मा भएर दुर्गन्धित भएको देख्दा स्वस्फुर्त रुपमा सरसफाइ गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त

६ श्रावण २०७९, शुक्रबार १३:२९
काठमाडौं। श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन्। ७३ वर्षीय वरिष्ठ सांसद गुणवर्दनालाई राष्ट्रपति रनिल विक्रमासिङ्घेले शपथ ग्रहण गराएका छन्। उनी श्रीलङ्काको १५औँ प्रधानमन्त्री बने  गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेका छन्। गत अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेल गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए। उनी पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा […]