माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

कर्णाली अनलाइन २० जेष्ठ २०७९, शुक्रबार ०८:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिनिश्चित कालका लागि स्थगित भएको बताए । ‘आजको केन्द्रीय समितिको बैठक नहुने भयो,’ ढकालले अनलाइनखबरसँग भने, ‘एकै चोटी असार १५ गते बस्न पनि सक्छ । बीचमा भर्चुअल हुन पनि सक्छ ।’

स्थानीय तह निर्वाचनको समीक्षाका लागि माओवादीले शुक्रबार साँझ केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बैठक बस्ने तय गरेको थियो । ढकालका अनुसार सांसदहरु संसद बैठकमा रहेकाले बैठक बस्न नसकेको बताए।

‘सदनमा ह्वीप जारी भएको छ । मन्त्रीहरु, केन्द्रीय सदस्य सांसदहरु त्यही केन्द्रित हुनुपर्‍यो,’ उनले भने । स्थानीय चुनावअघि बसेको माओवादी केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्न नसकेपछि माओवादीले जेठ २० मा बस्ने निर्णय गरेको थियो ।

तर, चुनावपछि बसेको पूर्व स्थायी समिति बैठकले शुक्रबार भर्चुअल बैठक बसेर चुनावी समीक्षा गर्ने र पदाधिकारी चयन गर्न असार १५ मा भौतिकरुपमै बैठक बोलाउने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जातीय भेदभाव र छुवाछूत गम्भीर अपराधजन्य कार्य हो : प्रधानमन्त्री देउवा

२० जेष्ठ २०७९, शुक्रबार ०८:०९
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् ।नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औं वर्ष पूरा भएको अवसरमा उनले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् । विसं २०६३ […]