एमाले जिल्ला कमिटी सदस्यमा मनोनित राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण

कर्णाली अनलाइन ११ फाल्गुन २०७८, बुधबार ०७:०१

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी उषा किरण भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनित गरिएको छ। काठमाडौं जिल्ला कमिटीको फागुन ३ गतेदेखि सुरु भएको प्रथम पूर्ण बैठकबाट सदस्यमा मनोनित गरिएको हो।

बैठक मंगलबार सम्पन्न भएको हो। सदस्यमा मनोनित भएसँगै उषाकिरण राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेकी छन्। भण्डारीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा स्नाकोत्तर गरेकी छन्। हाल उनी मदन भण्डारी मेमोरियल कलेजको अध्यक्ष छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफ्नो देशमा आक्रमण गर्ने योजनालाई रुसले अनुमोदन गरेको युक्रेनको प्रतिक्रिया

११ फाल्गुन २०७८, बुधबार ०७:०१
  युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताउनुभयो । वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको उहाँको भनाइ छ । टेलिभिजन […]

सम्बन्धित शीर्षक