आफ्नो देशमा आक्रमण गर्ने योजनालाई रुसले अनुमोदन गरेको युक्रेनको प्रतिक्रिया

कर्णाली अनलाइन १२ फाल्गुन २०७८, बिहीबार ०५:३६

 

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना अनुमोदन गरेको बताउनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै दुई लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताउनुभयो । वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जवाफ नदिएको उहाँको भनाइ छ ।

टेलिभिजन सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपतिले आफूहरु शान्तिकै पक्षमा रहेको बताउनुभएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएलगत्तै युक्रेनमा सङ्कटकालको घोषणा गरिएको छ ।

युक्रेनले आफ्ना नागरिकलाई रुस छाड्न पनि आह्वान गरेको छ । रुसी राष्ट्रपति पुटिनले पनि टेलिभिजन सम्बोधनमा रुस र रुसी नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ । रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायःद्वीपलाई आफ्नो पकडमा लिएको र पूर्वी डोनबास क्षेत्रको विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि तनाव पुनः चर्केको हो ।
 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भोलि धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना

१२ फाल्गुन २०७८, बिहीबार ०५:३६
काठमाण्डाै । आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहे पनि भोलि भने पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार भोलि देशभरको मौसम बद्ली हुनेछ भने धेरै ठाउँमा पानी पर्नेछ  । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, […]

सम्बन्धित शीर्षक