काठमाडौँ।चीनको हान्झाउमा जारी एशियाली खेलकुद प्रतियोगितामा नेपाली क्रिकेट टोलीले क्वार्टरफाइनल खेल मङ्गलवार भारतसँग खेल्ने भएको छ।
मङ्गोलियाविरुद्ध भएको उद्घाटन खेलमा विभिन्न विश्व कीर्तिमान बनाएको नेपालले समूह चरणको दुई खेलमा विजय प्राप्त गरेको थियो।

