‘एमाले वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङले दावी गर्ने’

कर्णाली अनलाइन ७ मंसिर २०७८, मंगलवार ०६:४६

काठमाडौं। नेकपा एमाले स्थायी समिति सदस्य सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। वरिष्ठ उपाध्यक्षका लागि उनले आफू निकटसँग परामर्शसमेत थालेका छन्। सर्वसम्मत रूपमा नेतृत्व चयन नभए वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने नेम्वाङको तयारी छ।

यद्यपि आफू सर्वसहमतिको पक्षमा रहेको नेम्वाङले बताए। ‘मैले भनेको सर्वसहमति हो। अहिले पनि म सर्वसहमतिकै पक्षमा छु। कथमकदाचित निर्वाचन भयो भने म पनि उम्मेदवारी दिनेबारे सोच्नुपर्छ,’ उनले भने, ‘साथीभाइसँग सल्लाह गरेर उम्मेदवारी दिन्छु। अहिलेसम्म साथीभाइले तपाईँ वरिष्ठमा उठ्नुपर्छ भनेका छन्। म साथीभाइसँग सल्लाह गरेर उम्मेदवारी दिन्छु।’

महासचिव ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका बेला ओली समूहकै नेता नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने बताएका हुन्। यसअघि वरिष्ठ नेताको रूपमा पोखरेलाई चर्चा गरिएको थियो। ओलीले पनि उनलाई ‘ग्रिन सिग्नल’ दिइसकेकाले उनी नै वरिष्ठ उपाध्यक्ष हुने एमालेकै नेताहरूले बताउने गरेका थिए। तर नेम्वाङको तयारीले उनलाई धक्का लाग्ने देखिएको छ।

वरिष्ठ उपाध्यक्षमा पूर्व माओवादी नेता रामबहादुर थापा र १० बुँदे सहमतिमार्फत एमालेमा क्रियाशील भएका उपाध्यक्ष युवराज ज्ञवालीले पनि दाबी गर्दै आएका छन्। मंसिर १० देखि १२ गतेसम्म हुने एमालेको राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीलाई उपाध्यक्ष रावलले टक्कर दिने यसअघि नै घोषणा गरिसकेका छन्। @lokpati


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘ड्युटी आवर’ सकिएको भन्दै रुकुमको चौरजहारीका लागि उडेको विमान नेपालगञ्जमा अवतरण

७ मंसिर २०७८, मंगलवार ०६:४६
काठमाडौँ।आफ्नो ‘ड्युटी आवर’ सकिएको भन्दै काठमाडौँबाट रुकुमको चौरजहारीका लागि उडेको विमान नेपालगञ्जमै अवतरण गर्ने पाइलटका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले चासो दिएका छन्। उनले नेपाल वायुसेवा निगमका प्रमुखसहितलाई घटनाबारे सत्यतथ्य बुझ्न र थप कारवाहीको प्रक्रियाका सम्बन्धमा छलफल गर्न मन्त्रालयमा बोलाएका छन्।मन्त्री आलेको निजी सचिवालयका अनुसार मंगलबार […]