कर्णाली सरकार:एमालेले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता नलिने

कर्णाली अनलाइन ९ चैत्र २०७९, बिहीबार १३:२८

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन नेकपा एमालेले फिर्ता नलिने एमालेबाट नेतृत्व गर्दै सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह मुख्यमन्त्रीलाई दिएको समर्थन कुन आधारले फिर्ता लिने हो भन्ने प्रश्न गर्छन् ।

‘सहमतिकै आधारमा सरकारका काम कारबाही सहज रुपमा अघि बढीरहेकै छन्,’ शाह भन्छन्, ‘पार्टीको केन्द्रीय नेतृत्वले सरकार छाड्न परिपत्र गरेको छैन् । यता संसदीय दलको बैठक बसेर हालसम्म अपौचारिक वा अनौपचारिक रुपमा न त कुनै छलफल नै चलेको छ ।’

केन्द्रमा नयाँ सत्ता समिकरण बन्दैमा सरकार छाडिहाल्नु पर्ने कुनै कारण नरहेको तर्क मन्त्री शाहको छ । ‘मुख्यमन्त्रीले हालसम्म समर्थन फिर्ता लिएर मार्गप्रस्तत गरिहाल्नुस् पनि भन्नु भएको छैन्,’ शाह थप्छन्, ‘सौहार्द रुपमा सहमितकै आधारमा सरकारका गतिविधि अघि बढाइरहेका छौं । कर्णाली बनाउने संकल्पमा एकमत छौं ।’

तर नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पटक–पटक केन्द्रको छायाँमा प्रदेश पर्नुहुँदैन् भन्ने अभिव्यक्ति दिँदै आएका छन् । प्रदेश स्वयत्त रुपमा चल्नु पर्ने शाहीले बारम्बार सार्वजनिक फोरमहरुमा दोहोराउने गरेका छन् । शाहीको अभिव्यक्तिका कारण पनि सरकार तत्कालै नछाड्ने मोडमा एमाले पुगेको हुनसक्ने बाहिरी रुपमा आँकलन गर्न थालिएको छ ।

यद्यपी, सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसीले सरकारलाई दिएको समर्थन फिर्ता लिदैनौं भन्ने एमालेको भनाई सकरात्मक भएको बताए । ‘एमालेले समर्थन फिर्ता लिएपछि न मुख्यमन्त्री अल्पमतमा पर्नुहुन्छ, अहिले त स्पष्ट बहुमत कायमै छ,’ जिसीले भने, ‘काँग्रेसलाई सरकारमा सहभागी गराउनै हुँदैन भन्ने हैन तर काँग्रेससहितको सहभागीतामा सहमतिय सरकार गठनहुँदा झनै राम्रो हुन्छ ।’ सहमतिय सरकार गठन भएमा सबै दलहरुको प्रतिनिधित्व गराउनेमा माओवादी केन्द्र एकमत रहेको जिसी बताउँछन् ।

केन्द्रमा पुरानै गठबन्धन कायम रहेपनि त्यसको प्रभाव तत्काल कर्णालीमा नपर्ने संकेत एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले गरेका छन् ।@nepaliraibar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लाबाट यस वर्ष एसईईका १२३४ जना परीक्षार्थी सहभागी हुँदै

९ चैत्र २०७९, बिहीबार १३:२८
सिमकोट – चैत १७ गतेबाट सञ्चालन हुन लागेकोे माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक हजार २३४ जना परीक्षार्थी सहभागी हुने भएका छन्। ६ वटा केन्द्रमा ती परीक्षार्थीले परीक्षा दिने भएका हुन्। शिक्षा विकास तथा समन्वय एकाई प्रमुख तिलक भट्टराईले यसपालिको एसईईमा सहभागी हुने विद्यार्र्थीको संख्या एक हजार २३४ जना रहेको […]