स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्ष जितेका केसीले प्रचण्डलाई भेटेर भने ‘म माओवादीमै छु’

कर्णाली अनलाइन १९ जेष्ठ २०७९, बिहीबार ०८:३१


कालिकोट।जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका मोहनबहादुर केसी महेश ले आफू माओवादी केन्द्रमै रहेको बताएका छन् ।
स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएर चुनाव लडेका उनी अध्यक्ष पदमा विजयी भएका थिए । उनले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले हराएका थिए ।

केसी आज बिहान माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेका छन् । भेटमा उनले आफू माओवादी केन्द्रमै रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । केसीलाई माओवादी अध्यक्ष प्रचण्डले खादा लगाइदिएर बधाईसमेत दिएका थिए ।

उनी माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष तथा मेयर र उमपेयरमा विजयी भएकाहरुका लागि काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी पनि भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई बुझाइयाे

१९ जेष्ठ २०७९, बिहीबार ०८:३१
काठमाडाैँ।तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई बुझाइएकाे छ।सरकारले दुर्घटनामा निधन भएका २२ जनाको शव आज बुझाएकाे हाे।गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ […]