वसन्त कुँवर बने नेपाल प्रहरीको नयाँ आइजीपी

कर्णाली अनलाइन १० चैत्र २०७९, शुक्रबार २२:११

काठमाडौँ।सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजीपी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका हुन्। धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन्।कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन्। यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ।

आइजीपीका दाबेदार मानिएका एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएका छन्। कुँवर एआइजीमा पहिलो नम्बरमा बढुवा भएका थिए।आइजीपी धिरजप्रताप सिंह आजैदेखि अवकाशमा जाँदै छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१३ सहसचिवसहित २२ जना सीडीओको सरुवा, काे कहाँ पुगे ? (सूचीसहित)

१० चैत्र २०७९, शुक्रबार २२:११
काठमाडौं।गृह मन्त्रालयले केही सहसचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।गृहमन्त्रीकाे जिम्मेवारीमा सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयमा जगेडामा रहेका केही सहसचिव र उपसचिवको सरुवा गरेका हुन् । सरुवा तथा पदस्थापन सूचीअनुसार भर्खरै मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालय सरुवा भएर आएका सहसचिव महादेव पन्थलाई मन्त्रालयमा […]