प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने पुगे बालुवाटार

कर्णाली अनलाइन १५ माघ २०७९, आईतवार २०:५६

काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।सभापति लामिछाने आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। आइतबार पुनः नेपाली नागरिकता लिएसँगै उनी प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद खारेज गरिदिएको थियो। सर्वोच्चको फैसलासँगै उनले उपप्रधान तथा गृहमन्त्री पद र रास्वपाको सभापतिको पदसमेत गुमाएका थिए। नेपाली नागरिकता लिएसँगै उनी आइतबार नै रास्वपाको सभापति पदमा फर्किसकेका छन्।

रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी कायमै रहेको बताएको छ।लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको कानुनी प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले उनको नागरिकता अवैध रहेको ठहर गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

१५ माघ २०७९, आईतवार २०:५६
    काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ।सर्वोच्च अदालतको फैसलाले रवि लामिछाने अनागरिक ठहर भएको हुँदा उनको अध्यक्षतामा खोलेको दल खारेज हुनुपर्ने माग गर्दै युवराज पौडेल (सफल)ले आयोगमा निवेदन दिएका हुन्। ‘रवि लामिछानेलाई सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७९/१०/१३ गतेको फैसलाले अनागरिक भएको ठहर […]