कांग्रेसको सुदूरपश्चिम सभापतिमा वीरबहादुर बलायर निर्वाचित

कर्णाली अनलाइन १९ मंसिर २०७८, आईतवार ०६:४०

धनगढी। नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम अधिवेशनबाट सभापतिमा संस्थापन पक्ष (देउवा) का वीरबहादुर बलायर विजयी भएका छन्। बलायरले निकटतम प्रतिद्वन्द्वी पौडेल र कोइराला पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मत अन्तरले पराजित गर्दै विजयी हात पारेका हुन्।

खसेको १ हजार ३ मत मध्ये बलायरले ६ सय ८८ र मिश्रले २ सय ८० मत पाएका हुन्। बलायरसँगै पदाधिकारीमा देउवा प्यानल विजयी भएका छन्।उपसभापतिद्वय जनकराज चौधरी (६१०), लोकराज अवस्थी (५२३), महामन्त्रीद्वय नरनारायण शाह (मनु) (६४८), मेघराज खड्का (६३५) सह महामन्त्रीमा चिन्तामणि भट्ट (५३३), गोपालदत्त भट्ट (५२९) र अम्बिका चलाउने (६८६) मत ल्याई विजयी भएका छन्। ५१ जना सदस्यहरुको मतगणना भने जारी नै छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केन्यामा बाढीले बस बगाउँदा २३ को मृत्यु

१९ मंसिर २०७८, आईतवार ०६:४०
केन्या एजेन्सी ।केन्यामा बसलाई एन्जिउ नदीमा बाढीले बगाउँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सबै यात्रुहरू विवाह समारोहका लागि जाँदैथिए ।शनिबार कितुइस्थित एन्जिउ नदीमा भएको उक्त दुर्घटनालाई स्थानीय अधिकारीहरूले डरलाग्दो भन्दै टिप्पणी गरेका छन् । स्थानीय मिडियाले भने मृतकको संख्या २३ भन्दा बढी रहेको दाबी गरेका […]

सम्बन्धित शीर्षक