श्रीलंकामा हिंसात्मक झडप,एक सांसद र एक पूर्वमन्त्रीको घरमा आगजनी

कर्णाली अनलाइन २६ बैशाख २०७९, सोमबार १४:३७

काठमाडौँ।श्रीलंकामा सोमबार भएको हिंसात्मक झडपको क्रममा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । साथै १३० भन्दा धेरै घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । समाचार एजेन्सी एएफपीले प्रहरीलाई उद्धृत गर्दै सांसद पी अमरकीर्थी अथुकोरालाको मृत्यु भएको पुष्टि गरेको छ ।

स्थानीय मिडियाका अनुसार एक सांसद र एक पूर्वमन्त्रीको घरमा सोमबार साँझ भीषण आगजनी पनि गरिएको छ । पूर्वमन्त्री जोनस्टन फर्नान्डोको माउन्ट ल्याभिनियामा रहेको घर र सांसद सनथ निशान्तको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

अहिले घटनास्थलको भिडियो फुटेज सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल बनेको छ । घटनास्थलको उक्त भिडियोमा भीषण रुपमा आगजनी भइरहेको र धुवाँको मुस्लो देखाइएको छ ।

सरकारले कर्फ्यू लगाइरहँदा पनि हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । यस प्रदर्शनलाई श्रीलंकामा अहिलेसम्म भएका सरकार विरोधी प्रदर्शनमध्येकै सबैभन्दा ठूलो भएको बताइएको छ ।

सोमबार बिहानैदेखि प्रधानमन्त्री महिन्दा राजापाक्षेका समर्थकहरूले प्रदर्शन गरिरहेका थिए । यसैबीच सोमबार दिउँसो महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।

यद्यपि प्रदर्शन रोकिएको छैन । साँझसम्म प्रदर्शनले हिंसात्मक रुप लिएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास नजिकै टेम्पल ट्रीस अगाडि प्रदर्शन गरेका प्रदर्शनकारीहरू अहिले र्‍याली गरेका छन् ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै धरपकड गरेको छ । २ करोड जनसंख्या रहेको श्रीलंकामा आर्थिक संकटसँगै पछिल्लो समय राजनीतिक संकट उत्पन्न भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

२६ बैशाख २०७९, सोमबार १४:३७
एजेन्सी।राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन्। यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोताबाया राजापाक्षेले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि उनले यस्तो निर्णय गरेका हुन्। […]