रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्र प्रयोग

कर्णाली अनलाइन २६ फाल्गुन २०७८, बिहीबार ०५:३१

रुसले युक्रेनमा रासायनिक वा जैविक अस्त्र प्रयोग गर्न सक्ने अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसले रुसले युक्रेनमा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने भन्दै विश्व समुदाय सतर्क रहनुपर्नेमा जोड दिएको छ ।

युक्रेनमा रासायनिक अस्त्र विकास भएको रुसको दाबीलाई ह्वाइट हाउसले अनर्गल प्रचार गरिएको टिप्पणी समेत गरेको बीबीसीले जनाएको छ । यसअघि रुसी साझेदार बसर अल–असदको सिरियाली सरकारले त्यहाँ भएको आक्रमणका घटनामा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो ।

रुसमाथि आफ्ना विपक्षीलाई विष दिएर हत्या प्रयास गरेको आरोप पनि लाग्दै आएको छ । रासायनिक अस्त्र प्रयोगलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले प्रतिबन्ध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी

२६ फाल्गुन २०७८, बिहीबार ०५:३१
काठमाण्डौं । ताप्लेजुङको फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ बजारमा भइरहेको आगलागीबाट अहिलेसम्म एउटा घर पूर्णरुपमा जलेको ताप्लेजुङका डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो । अहिले सुरक्षाकर्मी, स्थानीय बासिन्दा र एउटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । अर्को दमकल पाँचथरबाट पनि मगाइएको डीएसपी राणाले जानकारी दिनुभयो ।