चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय

कर्णाली अनलाइन २१ चैत्र २०७८, सोमबार ०७:३६

चितवन।जिल्लाकोभरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले पुनः मेयरमा दाबी गरिसकेको छ । तर, सोमबार सम्पन्न गठबन्धनको बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गर्दै यसका लागि आवश्यक छलफल गर्ने तय गरिएको छ ।

काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने निर्णयमा उल्लेख छ । संयुक्त संयन्त्रको संयोजन नेपाली काँग्रेसको पालिका सभापतिले गर्ने सहमति भएको छ । यस्तै गठबन्धन सहभागी दलहरूका वीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको बिकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तै जिल्लाको दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १–१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय पनि भएको छ । बैठकमा सत्तारुढ दलका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिको सहभागिता रहेको थियो । चितवनमा भरतपुर महानगरपालिकासहित ७ स्थानीय तह रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

२१ चैत्र २०७८, सोमबार ०७:३६
काठमाडौँ।त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ।पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको हो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बताए। ३८ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा ५४ रन […]