कर्णाली प्रदेश अधिवेशन पौडेल समूहद्वारा बहिस्कार

कर्णाली अनलाइन १६ मंसिर २०७८, बिहीबार ०९:५८

सुर्खेत। नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ।कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो।

संस्थापन (शेरबहादुर देउवा) समूहका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरिएको थियो। ‘हामीलाई अधिवेशनमा उपस्थित हुन कुनै खबर आएन,’ पौडेल समूहका एक नेताले भने, ‘खबर नभएपछि हामी अनुपस्थित भएका हौं।’उद्घाटन सत्रमा कार्यक्रमको अतिथि ग्रहणका लागि केन्द्रीय सदस्य हृदयराम थानीलगायतका नेता अनुपस्थित रहेका छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वर्षा र हिमपातको सम्भावना कुन–कुन क्षेत्रमा कति?

१६ मंसिर २०७८, बिहीबार ०९:५८
काठमाडौँ ।देशभरको मौसम शुक्रबार सामान्यदेखि पूर्ण बदली भइ पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ।हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति प्रदेशमा सामान्यदेखि पूर्ण बदली […]