चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको ज्यान गएको आशङ्का

कर्णाली अनलाइन ८ चैत्र २०७८, मंगलवार ०४:०७

एजेन्सी।चीनमा हिजो दुर्घटनामा परेको विमानमा रहेका सबैको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरु जीवितै रहने सम्भावना नगन्य रहेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

आकाशबाट जमिनका खसेको विमानमा आगो लागेकाले उनीहरु जीवितै भेटिने सम्भावना नरहेको उनीहरुले बताएका छन् । आठ हजार ८ सय ६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको थियो ।

उद्धारकर्ताहरुले विमानका टुक्राहरु र जलेको अवशेष फेला पारेका छन् । हिजो दिउँसो २ बजेतिर एक सय २३ जना यात्रु र चालक दलका नौ सदस्यसहित एक सय ३२ जना रहेका चाइना इस्टर्न बोइङ ७३७ विमान चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको थियो ।अहिले पनि खोजी कार्य चलिरहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा पाटे बाघ मृत भेटियो

८ चैत्र २०७८, मंगलवार ०४:०७
बर्दिया।बर्दिया मधुवन नगरपालिका-२ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ ।खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनुभयो। यो पाटेबाघ झण्डै एक हप्ताअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।मृत फेला परेको बुढो […]