काठमाडौं। बौद्धस्थित एक घरको कोठाभित्र युवा-युवती मृत फेला परेका छन्। संखुवासभा घर भएका २५ वर्षीय अनिश जिमी र खोटाङकी युसुना राई मृत अवस्थामा फेला परेका हुन्।
उनीहरू दुवैजना सँगै डेरा गरी बस्दै आएका थिए। दुवैजनाको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट धारिलो हतियार समेत बरामद गरेको छ।
दुबैजनालाई आफन्तीले उपचारका लागि चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पताल र्पुयाएलगत्तै चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिएका थिए। उनीहरू केही दिनदेखि लिभिङ टुगेडर बसेका थिए। घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ।