कांग्रेस महाधिवेशन: मत खसाल्न लाइनमा प्रतिनिधि,अझै सुरु भएन मतदान

कर्णाली अनलाइन २७ मंसिर २०७८, सोमबार ०६:०९

 

काठमाडौँ ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्नका लागि सोमबार मतदान हुँदैछ।निर्वाचन कार्यतालिकाअनुसार बिहान ८ बजेदेखि नै मतदान प्रक्रिया सुरु हुनु पर्ने थियो। तर मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदान सुरु हुन सकेका छैन।

राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा रहेका मनदानस्थल बाहिर प्रतिनिधिहरु लाम बसेका छन्। तर उनीहरुले मत हाल्न भने पाएका छैनन्।कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बोहराटार पुगे कोइराला, पौडेलसँग के कुरा भयो ?

२७ मंसिर २०७८, सोमबार ०६:०९
काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन्। कोइरालाले सोमबार बिहान पौडेल निवास बोहराटारमै पुगेर उनीसँग भेट गरेका हुन्। काँग्रेस वरिष्ठ नेता पौडेलले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेको खबर बाहिरिएपछि कोइराला पौडेललाई भेट्न पुगेका थिए। भेटमा नेता पौडेलले बाहिरी हल्लाको पछि […]

सम्बन्धित शीर्षक