कोरोना सङ्क्रमण दर फेरि ४ प्रतिशतभन्दा माथि, सक्रिय सङ्क्रमित ५ हजार जनाभन्दा धेरै

कर्णाली अनलाइन २० पुष २०७८, मंगलवार १०:५३

काठमाडौँ। नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये चार दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि पाँच हजार नाघेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक यही पुसको १० गते सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजारभन्दा तल झरेको थियो । तर आज सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ६३ जनासहित अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार नौ सय ३७ पुगेको छ । यस्तै थप तीन जनासहित सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय एक पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । थप तीन लाख १६ हजार जनासहित अहिलेसम्म एक करोड सात लाख १० हजार सात सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ४५ लाख ६४ हजार पाँच सय ३३ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय सभा निर्वाचन : कर्णालीबाट तीन सिटका लागि ६ जनाको उम्मेद्वारी दर्ता

२० पुष २०७८, मंगलवार १०:५३
सुर्खेत । राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । तीन पदका लागि दुवै पक्षबाट ६ जनाले आज उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली काँग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) ले […]