राप्रपा महामन्त्रीमा धवलशमशेर राणा विजयी,पदाधिकारीमा थापा प्यानलको वर्चस्व

कर्णाली अनलाइन १९ मंसिर २०७८, आईतवार ०४:५३

काठमाडौँ ।राष्ट्रिय प्रजानतन्त्र पार्टीको महामन्त्रीमा धवलशमशेर राणा विजयी भएका छन्। अध्यक्ष निर्वाचित राजेन्द्र लिङ्देन प्यानलका राणा २२२१ मत ल्याएर विजयी भएका हुन्।

उनले थापा प्यानलका भास्कर भद्रालाई हराएका हुन्। पराजित भद्राले १५६७ मत ल्याएका छन्।तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी भएका छन्। पाठकले १७०५ र शाहीले २००८ मत ल्याएका छन्। महामन्त्रीमा पराजित श्यामप्रसाद तिमिल्सेनाले १०६१ र रेखा थापाले १६४० मत पाए।

त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी भएका छन्। पाण्डेले २५२१, प्रधानले १८१४, तामाङले १९४४ र कार्कीले १५८९ मत ल्याएका छन्। उपाध्यक्षमा पराजित दिलविकास राजभण्डारीले ११९४, रामचन्द्र राय यादवले ९६७, जगतप्रसाद गौचनले ८९० र महलिा उपाध्यक्षतर्फ लीलादेवी श्रेष्ठ १०५४ र दुर्गा श्रेष्ठले ८०५ मत ल्याएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अध्यक्षमा पराजित थापाले बोलाए आफ्नो टिमको आकस्मिक बैठक

१९ मंसिर २०७८, आईतवार ०४:५३
काठमाडौँ ।राप्रपाको अध्यक्षमा पराजित कमल थापाले आफ्नो प्यानलका नेताहरुको आकस्मिक बैठक गरेका छन्। थापा प्यानलले याक एण्ड यति होटलमा अहिले समीक्षा बैठक गरिरहेको छ। चुनावी परिणाम आएलगत्तै थापा प्यानलमा रहेका नेताहरु छलफलमा जुटेका हुन्। अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भए पनि प्यालनका हिसाबले भने उनकै वर्चस्व छ। तर अध्यक्षमा पराजित […]