निर्वाचन कार्यालय दैलेखद्धारा एकदिने एकीकृत निर्वाचन सुचना व्यवस्थापन प्रणाली(IEIMS)तालिम सम्पन्न

दैलेख संवाददाता ९ बैशाख २०७९, शुक्रबार १३:१९

दैलेख।जिल्ला निर्वाचन कार्यालय दैलेखले आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचन लक्षित १० वटै निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटरहरुलाई एकदिने एकीकृत सुचना व्यवस्थापन प्रणाली (IEIMS) तालिम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी श्री मनमाया काउचा ज्युबाट स्थानियतह निर्वाचन सम्वन्धी कानुनी व्यवस्था ,नेपालको संविधान,निर्वाचन आयोग ऐन,२०७३ स्थानीय तह निर्वाचन ऐन,२०७३ मतदाता नामावली ऐन,२०७३ निर्वाचन (कसूर तथा सजाय)ऐन २०७३ राजनीतिक दल सम्वन्धी ऐन २०७३,निर्वाचन आचार संहिता २०७८ नियमावलीहरु ,निर्देशिकाहरु सम्वन्धी सहभागीहरुलाई जानकारी गराउनु भएको छ ।

साथै जिल्ला निर्वाचन कार्यालय दैलेखका कम्प्युटर अपरेटर श्री बिवेक पुरीले एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली (IEIMS) बाट सहभागीहरुलाई आसन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचन २०७९ को लागी मनोनयन दर्ता,दाबी विरोध ,मनोनयन फिर्ता ,मतपरिणाम सार्वजनिक जस्ता विषयहरुमा सैद्धान्तिक तथा प्रयोगात्मक  सम्वन्धी जानकारी दिनुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहरी विकास मन्त्री झाँक्री अमेरिका प्रस्थान

९ बैशाख २०७९, शुक्रबार १३:१९
काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् ।न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री आज (शुक्रबार) साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनले यहि अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । यूएन ह्वाबिटेट अन्तर्गत सञ्चालित […]