सहरी विकास मन्त्री झाँक्री अमेरिका प्रस्थान

कर्णाली अनलाइन ९ बैशाख २०७९, शुक्रबार १५:०८

काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् ।न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री आज (शुक्रबार) साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनले यहि अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । यूएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यू अर्बन एजेण्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने पनि उनले बताए ।

मन्त्री झाँक्रीसँगै कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक दिलिप भण्डारी सहभागी छन् । मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको तिला गाउँपालिकाको एक घरमा आगलागी हुँदा चारको मृत्यु

९ बैशाख २०७९, शुक्रबार १५:०८
सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको एक घरका आगलागी हुँदा जलेर चार जनाको मृत्यु भएको छ । शुक्रबार राती करिब साढे ११ बजे तिला गाउँपालिका–३ मा पर्ने मानसिंह सार्कीको घरमा आगलागी भएको हो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चार जनाको जलेर घटना स्थलमै मृत्यु भएको छ भने अन्य विहोस भएका छन् । […]

सम्बन्धित शीर्षक