एनएमबि लघुबित्तले गर्यो दाङको शान्तिनगरमा बित्तिय साक्षरता,स्थानिय उत्साहित

कर्णाली अनलाइन ११ फाल्गुन २०८१, आईतवार १८:१४


दाङ।जिल्लाको शान्तिनगर गाउँपालिका वडा न–५ मा रहेको एनएमवि लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय शान्तिनगर दाङले ग्राहक केन्द्रित वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम तुलसिपुर उपमहानगरपालिका वडा न–८ मा संचालन गरेको छ ।

उक्त कार्यक्रममा ग्राहक सदस्य र अभिभावक समेत  कुल २४ जनाको उपस्थिति रहेको थियो । शान्तिनगर दाङ शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम विभिन्न समुदायको टोल टोलमा सन्चालन गर्दैँ आइरहेको छ ।

उक्त कार्यक्रममा कर्जाको आवश्यकता ,बचतको प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगायत विषयमा सचेतना मुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको सहभागिहरुले जानकारी दिएका छन । आइतबार केन्द्र नं ००२ मा भएको उक्त कार्यक्रमको संचालन शाखा कार्यालय शान्तिगनरका कर्मचारी बिना सिह ठकुरीले गर्नु भएको थियो।

उक्त केन्द्रका केन्द्र प्रमुख श्री बिमला केसि ज्युको स्वागत मन्तब्य सहितको अनुमतिमा औपचारिक रुपमा सन्चालन भएको कार्यक्रमको प्रशिक्षण लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक राजेन्द्र बहादुर खड्काले गर्नु भएको थियो ।उक्त कार्यक्रमको सहजिकरण कर्मचारी बिना सिह ठकुरी र सरस्वती रानाले गर्नुभएको थियो ।
कार्यक्रमको प्रतिक्रिया सेसनमा सहभागीहरुले ‘बित्तिय साक्षरता र लघुउधमी लगायत बचत,कर्जा लगायतको बिषयमा हाल सम्म यस किसिमको कार्यक्रम आफुहरुले लिन नपाएको र पहिलो पटक यति धेरै सिक्न बुझ्न पाएकोमा एनएमबी लघुबित्तलाई धन्यवाद ब्यक्त गर्नुभएको छ।’एनएमबि लघुबित्तले शान्तिनगर गाँउपालिका सबै वडा ,तुलसिपुर उपमहानगरपालिका, बबइ गाउँपालिका, दङ्गिसरण गाउँपालिकाका करिव करिब ५ सय भन्दा धेरै घरधुरिलाई सेवा दिदै आएको छ।
गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एनएमबि लघुवित्त- कैलालीको जोशिपुरमा 'वित्तिय साक्षरता',स्थानिय उत्साहित

११ फाल्गुन २०८१, आईतवार १८:१४
कैलाली। जिल्लाको जोशीपुर नगरपालिका वडा न. ०३ लक्कडमा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जोशीपुरले केन्द्र नम्बर ०३७ मा ग्राहक संरक्षण अन्तर्गत सम्पती तथा बचत कारोवारमा निहित जोखिम न्युनिकरणको लागि संस्थाले गरिरहेको कार्यमा केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ। उक्त कार्यक्रममा ग्राहक सदस्य र अभिभावक […]

सम्बन्धित शीर्षक