बस दुर्घटनाहुदाँ दुई जनाको मृत्यु ,दुई घाइते

कर्णाली अनलाइन १५ मंसिर २०७८, बुधबार ०५:१४

जुम्ला। जिल्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो। बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन्।

प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उनले बताइन्। बसमा चारजनामात्र सवार थिए।घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ। घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश प्रेस सेन्टरको अध्यक्षमा शर्मा निर्वाचित

१५ मंसिर २०७८, बुधबार ०५:१४
सुर्खेत।प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको अध्यक्षमा प्रतीक इच्छुक शर्मा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न कर्णाली प्रदेशको दोस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गणेशकुमार शिर्पाली, उपाध्यक्षमा पूर्ण प्रसाद चौलागाई, प्रमुख सचिवमा धर्मराज जिसी, सचिवहरुमा तिलकराज वली, विवशकुमार सेजवाल, युद्धजित शर्मा, अर्जुनप्रसाद भट्टराई, उपेन्द्र न्यौपानेलाई निर्वाचित गरेको […]

सम्बन्धित शीर्षक