नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

कर्णाली अनलाइन २५ फाल्गुन २०७८, बुधबार ०४:३४

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मार्च २७ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

२५ फाल्गुन २०७८, बुधबार ०४:३४
काठमाण्डौं  । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । काठमाण्डौको बबरमहलमा रहेको एक होटलमा बैठक बिहान ११ बजेदेखि सुरु हुने नेकपा (एकीकृत समाजवादीले जनाएको छ । दुई दिने पूर्ण बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा, एमसीसी परियोजना र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टीले आउँदो स्थानीय […]