गजल

कर्णाली अनलाइन २९ चैत्र २०७८, मंगलवार ०७:५४

         

                            पि.बि बोहोरा सान्नि त्रिवेणी–४ कालिकोट

एउटा म हुँ प्रेममा बारम्बार भएको।

 कसैबाट सजिलै अस्विकार भएको।

 

म पनि परिचित छु यार “धोका” सँग,

मेरो पनि थियो कसैसँग प्यार भएको।

 

 युगौ देखि पिडित छ्न् फूलहरू पनि,

सधैं भमराहरू बाट दिक्दार भएको।

 

तिम्रै नामको घाउ, आलै छ दिलमा,

तिमी छैनौ र छैन यो सुधार भएको।

 

भलै सय, पचासको संगत को गर्छ,

भेटाईसकेपछि आखिर हजार भएको।

                                                                       


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेलम्ची नदीको पानी पुनः काठमाडौँ पठाउन थालियो

२९ चैत्र २०७८, मंगलवार ०७:५४
काठमाडौँ।मेलम्ची नदीको पानी पुनः स्थान्तरण गरिएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे। गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो। सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्‍याउने घोषणा गरेको थियो। पानी […]