रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना घाइतेको अवस्था गम्भीर

कर्णाली अनलाइन ४ मंसिर २०८०, सोमबार १०:३८

सुर्खेत। रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ । ‘२२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको छ, उद्धार कार्य अहिले पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङ केन्द्रबिन्दु भएर फेरि अर्काे भूकम्प

४ मंसिर २०८०, सोमबार १०:३८
सुर्खेत। बझाङकाे धमेनालाई केन्द्रबिन्दु बनाएर साेमबार बिहान भूकम्प गएको छ ।सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । यसअघि आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट र रुकुम पश्चिमलाई केन्द्र बनाएर […]