रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा आत्मदाह प्रयास

कर्णाली अनलाइन १९ माघ २०७९, बिहीबार १७:४३

सुर्खेत । नागरिकता विवादम सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्।

भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन्।

जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको छ।

जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले एक पुरुषले आत्मदाहको प्रयास गरेको जानकारी दिइन्।

‘उहाँले रवि लामिछानेलाई गृह मन्त्री नबनाएको भन्दै आफ्नो शरीरमा आगो लगाउनु प्रयास गर्नुभएको रहेछ। तर, लाइटर बलेन,’ सहायक प्रमुख जिल्लाअधिकारी रिजालले भनिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ? (सूचीसहित)

१९ माघ २०७९, बिहीबार १७:४३
काठमाडौँ।नेपाल प्रहरीका ९५ जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बिहीबार ९५ जना एसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुलाई माघ महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो। नेपाल प्रहरी पहरा गण सामाखुसीमा रहेका एसपी […]