दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते युवकको मृत्यु

कर्णाली अनलाइन १० फाल्गुन २०७८, मंगलवार ०५:५८

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा दुईटा मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका युवकको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको एकडारा गाउँपालिका–६ कोल्हुवा गाउँ बस्ने इसी कवारीका छोरा २२ वर्षीय फरमान कवारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

चालक धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–३ बस्ने २२ वर्षीय अनबारुल राइन र पछाडि सवार महोत्तरी जिल्लाको एकडारा–६ बस्ने २२ वर्षीय फरमान राइन गत फागुन ३ गते राति ७ बजेको समयमा मटिहानीबाट जलेश्वर जाँदै गरेको प्रदेश–२–०२–००४प ९१७१ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको चालक जलेश्वर नपा–७ बस्ने ३३ वर्षीय शम्भु साह चढेको बिआर०६बी ७०२१ नंको मोटरसाइकल मटिहानी नपा–९ मा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनापश्चात दुई जना सवार मोटरसाइकल पछाडि बस्ने फरमान गम्भीर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेकामा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवारको सूची तयार पार्दै माओवादी केन्द्र

१० फाल्गुन २०७८, मंगलवार ०५:५८
  काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सूची तयार गर्ने भएको छ। सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र आन्तरिक परिपत्र जारी गर्दै निर्वाचनका लागि लोकप्रिय उम्मेदवारको सूची तयार पार्न निर्देशन दिएको हो। पार्टीका तल्लो तहका कमिटीलाई पठाइएको परिपत्रमा सम्भावित उम्मेदवारको सूची जिल्ला कमिटीहरूलाई […]