उम्मेदवारको सूची तयार पार्दै माओवादी केन्द्र

कर्णाली अनलाइन १० फाल्गुन २०७८, मंगलवार ०७:३५

 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सूची तयार गर्ने भएको छ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र आन्तरिक परिपत्र जारी गर्दै निर्वाचनका लागि लोकप्रिय उम्मेदवारको सूची तयार पार्न निर्देशन दिएको हो।

पार्टीका तल्लो तहका कमिटीलाई पठाइएको परिपत्रमा सम्भावित उम्मेदवारको सूची जिल्ला कमिटीहरूलाई बुझाउन निर्देशन दिइएको छ। सूची तयार पार्दा वडामा सक्षम, इमानदार र लोकप्रिय हुनुपर्ने उल्लेख गरिएको छ। गोरखापत्र दैनिकमा खबर छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रेष्ठलाइ मध्यपश्चिम विश्वविद्यालयकाे पहिलो विद्यावारिधि उपाधि

१० फाल्गुन २०७८, मंगलवार ०७:३५
सुर्खेत । पूर्णमान श्रेष्ठलाइ मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गरेका छन् । व्यवस्थापन सङ्काय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी श्रेष्ठले उपाधि हासिल गरेका हुन् । सुर्खेतको वीरेन्द्रनगर– ५ निवासी उनी विश्वविद्यालयकै व्यवस्थापन केन्द्रीय क्याम्पसमा सहप्राध्यापक छन् । उनले नेपाली कम्पनीहरुको शेयरको प्रतिफलमा फर्मको विशेषता […]

सम्बन्धित शीर्षक