कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नेबारे आज टुंग्याउने

कर्णाली अनलाइन १३ चैत्र २०७८, आईतवार ०६:१४

काठमाडौँ ।नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले आइतबार स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकले गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्नेबारे छलफलपछि निर्णय गर्ने बुझिएकाे छ।

बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए। उनीहरुमध्ये अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिएका थिए।केहीले गठबन्धनविना निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए।

गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्। गठबन्धनविना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका नेता डा शेखर कोइराला पक्षीय हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्लाहीमा पुलबाट खस्याे यात्रुबाहक बस: ४ जनाको मृत्यु, ३० जना घाइते

१३ चैत्र २०७८, आईतवार ०६:१४
सर्लाही। यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस फुलजोर खोलास्थित पुलको बार भत्काउँदै खसेकाे प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। मृत्यु हुनेहरुको […]