शेखर कोइरालालाई सभापतिमा उठाउने पौडेल पक्षको तयारी

कर्णाली अनलाइन २४ मंसिर २०७८, शुक्रबार ०५:४५

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन सुरु हुनै लाग्दा रामचन्द्र पौडेल पक्षले सभापतिको एकल उम्मेदवार चयन गर्न सकेको छैन। सो पक्षमा पौडेलसहित शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबी गर्दै आएका थिए।

केही दिनयताको एकल उम्मेदवार खोज्न भइरहेको प्रयासमा पौडेल र शशांकले दाबी छाडेका थिए। तर उनीहरूले एकल उम्मेदवार तय हुनुपर्ने बताउँदै आएका थिए। त्यसैले शेखरलाई आधिकारिक उम्मेदवार बनाउने प्रयास पनि गरिएको थियो। तर अर्का दाबेदार सिंहले सहमति भए आफ्नै नाममा हुनुपर्ने, नभए प्रतिस्पर्धामा जानुपर्ने बताउँदै आएका थिए।

सिंहले बरु प्रतिस्पर्धामै जाऔं भनेर अडान राखेपछि पौडेल पक्षका अन्य नेताहरूले शेखरलाई आधिकारिक उम्मेदवारको रूपमा प्रस्तुत गर्न लागेका छन्। ‘प्रकाशमानले दाबी नछाडेपछि हामीले शेखरलाई आधिकारिक उम्मेदवारको रूपमा अघि सार्न खोजेका छौं,’ यो समूहको उम्मेदवार व्यवस्थापनमा खटिएका एक नेताले भने, ‘महाधिवेशन उद्घाटनअघि नै त्यसको टुंगो लाग्छ होला।’

सो पक्षको बैठक अनुपम फुडल्यान्डमा जारी छ। बैठकमा सभापतिका आकांक्षी भने आएका छैनन्। शुक्रवार १ बजे भृकुटीमण्डपमा चौधौं महाधिवेशनको उद्घाटन हुँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पौडेल निवास बोहराटारमा संस्थपनइतर समूहका नेताहरू छलफलमा

२४ मंसिर २०७८, शुक्रबार ०५:४५
काठमाडौं। नेपाली काँग्रेस संस्थपनइतर समूहका नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार पुगेका छन्। संस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार तयका विषयमा छलफल गर्न नेताहरू बोहराटार पुगेका हुन्। काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन। संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय […]