एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलायो

कर्णाली अनलाइन १७ पुष २०७९, आईतवार १९:२८

काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) पोलिटब्यूरो बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने छ।

शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकपछि एकीकृत समाजवादीले सोमबारका लागि पोलिटब्यूरोको बैठक बोलाएको हो।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्नेलगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शेयर बजारमा दोहोरो अंकको वृद्धि

१७ पुष २०७९, आईतवार १९:२८
काठमाडौँ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर तीन […]