
सुर्खेत । अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी समग्र कर्णाली प्रदेशको सुरक्षा अवस्थाका बारेमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।
गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा कर्णालीका १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको शान्ति सुरक्षालगायत समग्र जिल्लाको वस्तुस्थितिका बारेमा कार्यपत्र पेस गरेका थिए ।
कर्णालीको विपद् र विशेष गरी निर्वाचन सुरक्षामा आउने चुनौतीका विषयमा रहेर छलफल केन्द्रित भएको जनाइएको छ । समग्र प्रदेशको अवस्थाको विवरण राख्ने र शान्ति सुरक्षाका हिसाबले के कस्ता चुनौती छन् भन्नेबारे कार्यपत्र प्रस्तुत भएको थियो ।

