देशका पश्चिमी भेगमा आज बिहानदेखि वर्षा र हिमपात

कर्णाली अनलाइन २२ पुष २०७८, बिहीबार ०५:५७

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पश्चिमी भेगमा आज बिहानदेखि वर्षा र हिमपात हुने क्रम सुरु भएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भएको जनाइएको छ। बाग्मती प्रदेशमा पनि सामान्य बदली रहेको र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहेको पनि विभागको भनाइ छ ।

विभागका अनुसार आजराति देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी तथा तराइका केही क्षेत्रमा हल्का वर्षा हुने छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ। वर्षा र हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न तथा सुरक्षित र सतर्क रहन विभागले आग्रह गरेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज सुनको भाउ ५ सय रुपैयाँले घट्यो

२२ पुष २०७८, बिहीबार ०५:५७
सुर्खेत।  सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ […]