महोत्तरीबाट जनकपुर प्रस्थान विवाहपञ्चमीका जन्ती

कर्णाली अनलाइन २२ मंसिर २०७८, बुधबार ०७:३६

जनकपुर ।​प्रत्येकवर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा-आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदै छ।त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदै छ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।​

रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ।सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ।​


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा अत्याधिक मादक पदार्थ सेवन गर्दा युवकको मृत्यु

२२ मंसिर २०७८, बुधबार ०७:३६
सुर्खेत।दैलेखमा अत्याधिक मात्रामा मादक पर्दाथ सेवन गर्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको नारायण नगरपालीका–९ साडुका २६ वर्षीय युवकको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २६ वर्षीय उक्त युवकले अत्याधिक मात्राम माधक पदार्थ सेवन गरी बिरामी हुँदा जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो ।