पुन: विवादमा मुछिए मन्त्री आले, नेपाल एयरलाइन्सका अध्यक्षमाथि अपशब्दकाे प्रयाेग

कर्णाली अनलाइन ३ असार २०७९, शुक्रबार १०:४९

काठमाडाैँ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले  पुन:विवादमा मुछिएका छन्।नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील शब्दकाे प्रयाेग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै उनी विवादमा मुछिएका हुन्।

मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेकाे सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना हुन सुरु भएकाे छ।यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए।अडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनको राजीनामा माग गर्न थालिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परराष्ट्रमन्त्री खड्का भन्छन्- एसपिपी नेपालको हितमा छैन, अघि बढ्दैन

३ असार २०७९, शुक्रबार १०:४९
काठमाडाैँ।पराराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन्।संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खड्काले ‘एसपिपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन्। उनले भने, ‘अमेरिकाले ल्याएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) नेपालको हितमा छैन। त्यसैले […]