म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

कर्णाली अनलाइन १९ माघ २०७९, बिहीबार १५:२४

काठमाडौं।पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि भएको बताएका छन्।उनले सामाजिक सञ्जालमार्फत आफू महाभारतको अभिमन्यु नभएको लेखेका छन्।

उनले भनेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

सर्वोच्चले नागरिकता खारेज गरेपछि लामिछानेका सम्पूर्ण पदहरू खारेज गरिदिएको थियो। गत आइतबार पुन: नागरिकता कायम गरेपछि उनी पार्टी सभापतिमा फर्किए पनि गृह मन्त्रालयमा फर्किने प्रयास भने सफल हुन सकेको छैन।

उनले गृहमा फर्कने प्रयास गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको पूर्णपाठ आएपछि मात्रै निर्णय गर्ने बताउँदै आएका छन्।रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा आत्मदाह प्रयास

१९ माघ २०७९, बिहीबार १५:२४
सुर्खेत । नागरिकता विवादम सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्। भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका […]