कुसे गाउँपलिका–७ का वडाध्यक्ष सुतेकै ठाउँमा मृत भेटिए

कर्णाली अनलाइन ४ असार २०७९, शनिबार १४:५७

सुर्खेत । जाजरकोट कुसे गाउँपलिका –७ का वडा अध्यक्ष सुतेकै ठाउँमा मृत भेटिएका छन् । शुक्रबार राती सुतेका वडा अध्यक्ष शनिबार बिहान मृत भेटिएका हुन् ।जिल्ला प्रशासन कार्यालय जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका जानकारी दिए ।

उनले भने, ‘वडा अध्यक्ष ज्यु राती सुतेको र बिहान मृत भेटिएको भन्ने खबर आएको छ । उक्त घटनास्थलतर्फ प्रहरी परिचालित गरिएको छ ।’घर्ती स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडा अध्यक्ष हुन् । घर्तीले नेपाली काँग्रेसका खम्बबहादुर सिँहलाई पराजित गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुबईका राजकुमार शेख मोहम्मद नेपालमा

४ असार २०७९, शनिबार १४:५७
काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।

सम्बन्धित शीर्षक