विद्यालय फागुन १ देखि सञ्चालन गर्न सिफारिस

कर्णाली अनलाइन २४ माघ २०७८, सोमबार ०५:२९

काठमाडौं। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले फागुन १ देखि विद्यालय भौतिक रुपमै सञ्चालन गर्न सिफारिस गरेको छ। शिक्षण संस्थाहरु फागुन १ देिख सञ्चालन गर्नका लागि सिफारिस भएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।

‘१२ वर्ष पूरा भएका विद्यार्थीका लागि नियमित कक्षा सुरु गर्ने र त्यसमुनि उमेर समूहका विद्यार्थीको आलोपालो कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन गृह र शिक्षा मन्त्रालयलाई सिफारिस गरिएको छ’, नेपालले भनिन्। पार्टी प्यालेसलाई जनस्वास्थ्यको मापदण्ड लागू गरि सञ्चालन गर्न दिन सरकारलाई सिफारिस गरिएको छ। त्यहाँ संख्याको पनि मापदण्ड पनि लागू हुनेछ। डान्सबार, दोहोरी साँझ लगायतका रात्रीकालीन व्यवसाय राति १० बजेसम्म खोल्न पाउने गरि सञ्चालन गर्न सिफारिस गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक हप्तादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय हूम्ला सोमबारदेखि सेवा सुरु

२४ माघ २०७८, सोमबार ०५:२९
धनबहादुर भण्डारी   हुम्ला। जिल्ला प्रशासन कार्यालय हुम्लाले सोमबार देखि सेवा सुचारु गरेको छ । कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण भएपछि एक हप्तादेखि जिल्ला प्रशासन कार्यालय हुम्लाले कार्यालयको सबै सेवा बन्द गरेको थियो । निमित्त प्रजिअ राई कोरोना मुक्त भए संगै तोकिएको आइसोलेशन बस्ने अवधि सकिएपछि […]