मासु अड्किएर अछाममा एक जनाको मृत्यु

कर्णाली अनलाइन २३ चैत्र २०८१, शनिबार २०:३०

सुर्खेत।घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका-५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो।

चैतेदसैंको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा मासु अड्किएको थियो। बेहोस भएका उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीका अनुसार उपचार क्रममा शनिबार दिउँसो कुँवरको मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल बेल्जियम प्रस्थान

२३ चैत्र २०८१, शनिबार २०:३०
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गरेकी छन्। बेल्जियममा हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम  । युनियनका दक्षिण एसियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरूसँग उनले अन्तर्राष्ट्रिय सहयोग, […]