नेपालमा बैंकहरूको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन : गभर्नर अधिकारी

कर्णाली अनलाइन २८ चैत्र २०७९, मंगलवार २०:४९
twitter sharing button
काठमाडौँ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

गभर्नरले नेपालका बैंक वित्तीय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गरे । उनले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जाखिम नआउने बताए । उनले सबै खालले वित्तीय संस्थाहरूको तथ्यांकहरू बलिया रहेको उल्लेख गरे । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको उनकाे भनाइ छ ।

पछिल्लो समय बैंकहरूमा तरलता सहज हुँदै आएको बताउँदै गभर्नरले विद्युतिय भुक्तानी पूर्वाधारमा भएको विकास भूक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्रात्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको उल्लेख गरे । उनले बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गरे । उनले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने बताए । उनले बैंकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गरे । उनले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताए । उनले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताए । उनले पुँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निस्क्रिय कर्जा केही बढेपनि धेरै माथि नपुगेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रास्वपाले गर्यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज, सांसद पद पनि गयो

२८ चैत्र २०७९, मंगलवार २०:४९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ।बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको बैठकपछि पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । साधारण सदस्यता खारेज भएसँगै श्रेष्ठको सांसद पद पनि गएको छ। आइतबार मात्रै २ करोड घुस […]

सम्बन्धित शीर्षक