काठमाडौं। सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने जानकारीसहितकाे पत्र अमेरिकालाई पठाउने भएकाे छ।
एसपिपी इन्डाेप्यासिफिक स्ट्राटेजीकै अंग भएकाले संसदमा यसकाे व्यापक विराेध भएपछि यसमा सामेल हुनबाट सरकार पछि हटेकाे हाे।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपिपीमा सहभागी नहुने भनी अमेरिका सरकारलाई जानकारी गराउने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पाैडेलले जानकारी दिए।

