पछिल्लो २४ घन्टामा देशभर ५२१ जना संक्रमित, १० जनाको मृत्यु

कर्णाली अनलाइन १ फाल्गुन २०७८, आईतवार ११:०४

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ५२१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो समयमा १० हजार ११५ जनामा गरिएको परीक्षणमा ५२१ जना संक्रमित भेटिएका हुन्।

यस्तै आज ३ हजार ९३५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने १० जना संक्रमितको मृत्यु भएको छ। हाल देशभर २२ हजार ५८४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्लाहीमा आगोले जलेर एक वृद्धको मृत्यु

१ फाल्गुन २०७८, आईतवार ११:०४
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८, शंकरपुर सोल्टीमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ । स्थानीय ६६ वर्षीय राम आशिष साहको आज बिहान २ बजेतिर आफ्नै घरको आँगनमा आगोले जलेर ज्यान गएको हो। वृद्ध आगोमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाए पनि उनलाई बचाउन भने सकेनन्। राति घरमै सुतेका […]